काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमा चारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो प्लस ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ । जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।
यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो प्लस ५जीमा ६ हजार ५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ जसमा १० प्रतिशत एसआईसी सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।
रेड्मी नोट सिरिजमा पहिलोपटक एसआईसी ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ । सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १ हजार ६०० चार्ज साइकलपछि पनि ८० प्रतिशत वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।
यस डिभाइसले आईपी६६/आईपी६८/आईपी६९/आईपी६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ । कोर्निंग गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ । स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पीच रिकग्निसन, र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी१एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ ।
रेड्मी नोट प्रो प्लस ५जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर छ । यसमा विश्वभर पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ ।
यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट–ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६.८३–इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३ हजार २०० निट्स पिक ब्राइटनेस दिन्छ, र दुअल स्पिकरहरूले ४०० प्रतिशत भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ ।
रेड्मी टाइटन, मजबुत बनावटमा तयार गरिएको, लामो समय टिक्ने ब्याट्री, झर्दा पनि कमैमात्र क्षति हुने क्षमता तथा धुलो र पानीबाट सुरक्षित रहने सुविधाहरु यो सिरिजमा छन् । यसले रेड्मी नोट उपकरणका लागि मजबुतीको नयाँ मापदण्ड स्थापित गरेको छ ।
रेड्मी नोट १५ सिरिजको लन्च उत्सवको अवसरमा शाओमीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा सबै मोडेलहरूसँग शाओमी बड्समा विशेष छुटको साथ बन्डलिङ अफर पनि उपलब्ध छ । रेड्मी नोट १५ सिरिजका सबै मोडेलहरूमा ९ महिना ० प्रतिशत ईएमआई सुविधाको लाभ लिन सक्नेछन्, जसले फ्ल्यागशिप–स्तरका सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ ।
रेड्मी नोट १५ प्रो प्लस ५जीको १२जीबी र ५१२जीबी, ८जीबी र २५६जीबीको मूल्य ६६ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै रेड्मी नोट १५ प्रो ५जीको १२जीबी र ५१२जीबी, ८जीबी र २५६जीबीको मूल्य ५६ हजार ९९९ रुपैयाँ रहेको छ । साथै रेड्मी नोट १५ ५जीको १२जीबी र ५१२ जीबी, ८जीबी र २५६जीबीको मूल्य ४६ हजार ९९९ रुपैयाँ रहेको छ भने रेड्मी नोट १५ ४जीको ८जीबी र २५६जीबी, ६जीबी र १२८जीबी मूल्य ३५ हजार ९९९ रुपैयाँ रहेको छ ।