0
Shares
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० पुगेको छ । सोही परिणामको चाँदीको मूल्य पाँच हजार ६४५ कायम भएको छ ।
बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र सोही परिमाणको चाँदी पाँच हजार ४८५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।