सिन्धुलीमा रहेको नेपाल एसबिआई बैंक लुटपाट, ४ जना पक्राउ

0 Shares

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ मा सञ्चालित नेपाल एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घ्याङलेखक गाउँपालिकाको १ नम्बर वडाबाट चार जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए ।

टपाटमा प्रयोग भएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ । बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख लुटपाट भएको छ । मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका हुन् । पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार