0
Shares
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा चार हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा यसको प्रभाव देखिएको हो ।
आज चाँदीको मूल्य प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो ।