तोलामा २१ सयले बढ्यो सुन, चाँदीको मुल्य कति ?

0 Shares

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २९ हजार ५ सय ९५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा आइपुगेको छ। आज १० ग्राम चाँदीको भाउ ४ हजार ९८ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार