सानिमा रिलायन्स लाइफको १०.१७% लाभांश पारित

0 Shares

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरूका लागि नगद लाभांशसहितका विविध प्रस्तावहरू पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ।

लाभांश र वित्तीय विवरण:

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँको १०.१७८० प्रतिशत (५१ करोड ४ लाख १८ हजार ९७० रुपैयाँ) नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै, आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरणहरू समेत स्वीकृत भएका छन्।

प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ:

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले मर्जरपछि सिर्जित चुनौतीहरूलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई सबल र सक्षम रूपमा सञ्चालन गरिरहेको बताए ।

सीईओ पाण्डेले संस्थागत सुशासन, ग्राहकमुखी सेवा, प्रविधिको प्रयोग र खर्चमा मितव्ययिता अपनाएका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी दिए ।

अध्यक्ष केडियाले सभामा उपस्थित शेयरधनी, नियमनकारी निकाय, बीमित, अभिकर्ता र कर्मचारीहरूलाई कम्पनीको प्रगतिमा पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गरे ।

कम्पनीले आगामी दिनमा थप शाखा विस्तार र सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै बीमितहरूलाई सरल सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित समाचार