एनसेलद्वारा बार एशोसिएशनलाई आईसीटी उपकरण हस्तान्तरण

0 Shares

काठमाडौं । एनसेलले जेन जी आन्दोलनका क्रममा क्षति भोगेको नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोशिएसनलाई सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी ९सीएसआर० अन्तर्गत आज ९सोमबार० एक कार्यक्रमका बीचमा उक्त उपकरणहरु हस्तान्तरण गरेको हो ।

भदौ २३ र २४ गतेको जेन जी युवा समुहको विरोध प्रदर्शनका कारण उत्पन्न भएको तोडफोड र आगजनीका कारण नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोशिएसनको भौतिक संरचना, कार्यलयका जिन्सी सामग्रीदेखि अभिलेख कागजातहरुमा समेतमा अत्यधिक क्षति भएको थियो ।

यो सहयोगले कार्यलयका दैनिक कार्य सञ्चालनमा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ, कानुन प्रबन्धक कैलाश प्रसाद न्यौपानेलगायतका प्रतिनिधीहरुले नेपाल बार एशोसिएशनका अध्यक्ष प्राडा एवं वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्रलाई ल्यापटप २ थान, डेक्स टप १ थान र प्रिन्टर २ थान, र सर्वोच्च अदालत बार एशोशिएसनका कार्यवाहक अध्यक्ष अम्बर बहादुर राउतलाई १ थान ल्यापटप, २ थान डेक्सटप र १ थान प्रिन्टर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै मिश्रले एनसेलले प्रदान गरेको सामग्रीहरुले बारको कार्य सञ्चालनमा सहयोग पुग्ने र आगामी दिनमा समेत कम्पनी र बारकाबीच सहकार्य गर्न बार तत्पर रहेको बताउँदै कम्पनीलाई धन्यवाद दिए ।

त्यसैगरी, राउतले सर्वोच्च अदालत बारले करिब ५० लाखको क्षति व्यहोर्नु परेको र केही माइन्युटबाहेक केही बाँकी नरहेको अवस्थामा एनसेलले गरको यस्तो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

सम्बन्धित समाचार