सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्यमा नयाँ रेकर्ड

0 Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । योसँगै चाँदीको मूल्य प्रतितोला चार हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार