२१ सयले घट्यो सुनको भाउ, चाँदीकाे मुल्य कति ?

0 Shares

काठमाडौं । आज आइतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको भाउ तोलाको २ हजार १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार एक तोला सुनको भाउ २ लाख ६२ हजार ५०० रुपैयाँ रहेकोमा आइतबार २ लाख ६० हजार ४०० रुपैयाँमा झरेको छ ।

तोलाको २५ रूपैयाँले घटेर चाँदीको भाउ ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार