0
Shares
काठमाडौं । क्रिकेटर करण केसी र वर्षा बस्नेतले इङ्गेजमेन्ट गरेका छन्।
अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए।
दुवैले औंठी साटासाट गरेको तस्बिर शुक्रबार सामाजिक सञ्चालमा सेयर गरेका छन्। इन्गेजमेन्टको तस्बिर करणले सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गर्दै ‘फरेवर स्टार्स नाउ’ भनेर लेखेका छन्।
यस पोस्टलाई वर्षाले पनि लब इमोजी राख्दै सामाजिक सञ्जालमा सेयर गरेकी छन्।