सुनको मूल्य भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २९०० रुपैयाँले बढेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार तोलामा दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा चार हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार चार हजार ५२५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार