घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको १ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो मंगलबार तोलाको २ लाख ६२ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ६१ हजारमा झरेको छ ।

चाँदीको मूल्य पनि तोलाको १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार