ठमेलस्थित वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए। क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोप छ।

यसअघि प्रहरीले ६ जना नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूबाट आइलेन्स र म्याग्नेटिक कार्ड बरामद गरेको थियो।

आइलेन्स लगाएपछि वितरण गरिने तासमा के रहेको भन्ने हेर्न मिल्ने अवस्था सिर्जना गरी ठगी गरेको खुलेको हो।

सम्बन्धित समाचार