कप्तान रोहित ओमोडा र जेकोको ब्रान्ड एम्बेसडर

0 Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिको सद्भावना दूत बनेका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी बन्दै जेको गाडि पाएका थिए।

प्रालिले आज काठमाडौमा एक कार्यक्रम गर्दै कप्तान रोहितलाई गाडी हस्तान्तरण गरेको हो। गाडी हस्तान्तरण कार्यक्रममा रोहितलाई सद्भावना दुत घोषणा गरेको हो।

गाडीमा लाग्ने सम्पूर्ण विन्डफल ट्याक्स प्रालिले नै व्यहोर्ने बताएको छ। कप्तान रोहितले लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।

कार्यक्रममा सुदूरपश्चिम रोयल्सका कप्तान तथा राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरेको छ।

सम्बन्धित समाचार