नाडाको एजीएम सम्पन्न, पौष २५ गते निर्वाचन गर्ने

0 Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा सम्पन्न भएको छ । सभाले पौष २५ गते निर्वाचन गर्ने र नाडालाई महासंघमा लैजाने प्रस्ताव पारित गरेको छ । ।

नाडाले जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको दाबी गरेको छ । तर, प्रशासनले भने चुनावको कार्यतालिका सार्वजनिक गरेर मात्रै सभा सञ्चालन गर्नु भनेर निर्देशन दिएको थियो । यस्तै महासंघमा लैजाने कार्य गैरकानूनी रहेको भन्दै त्यसो नगर्न पनि निर्देशन दिएको थियो ।

प्रशासनको निर्देशन लत्याउँदै साधारणसभा सम्पन्न गरेको नाडाले प्रशासनको निर्देशन बमोजिम नै सभा सञ्चालन गरेको हास्यास्पद दाबी गरेको छ ।

साधारण सभाका मुख्य विषयहरू निम्न बमोजिम रहेका छन्

-संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ।

-आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ।

-अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ।

-सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भयो।

-साथै यसै क्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय भयो ।

– महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भयो।

सम्बन्धित समाचार