इलाम २ : साढे १९ हजार मत गन्न बाँकी, एमाले सात हजार मतले अगाडि

0 Shares

काठमाडौं । प्रतिनिधिसभा इलाम-२ मा भएको उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले छ हजार ६२८ मतले अग्रता कायमै राखेका छन् ।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका-१, २, ३, ४ र ५ र इलाम नगरपालिका-१ र २ को मत गणना सम्पन्न भएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २१ हजार ३८० मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७५२ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले दश हजार १४६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले तीन हजार ६०३ मात्रै पाएका छन् ।

छ वटा पालिका रहेको यस क्षेत्रको अहिले इलाम नगरपालिका ३, ४ र ५ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको २० हजार ६६५ मतमध्ये करिब १७ हजार मत गणना हुन बाँकी छ ।

निर्वाचनमा जम्मा ६९ हजार २८७ जनाले मतदान गरेका थिए । जसमध्ये करिब ५० हजार मत गणना सम्पन्न भएको छ ।

सम्बन्धित समाचार