झुटो विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगर १७ घर भई हाल काठमाडौं तारकेश्वर ८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका ३ घर भई हाल ललितपुर महालक्ष्मी १ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापा भद्रपुर नगरपालिका ९ घर भई हाल काठमाडौ महानगर ३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरू भएको छ ।

उनीहरुमाथि नागरिकता, लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए ।

सम्बन्धित समाचार