बढ्यो सुन चाँदीको मूल्य, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

योसँगै बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार