एमाले महाधिवेशन : आठ घण्टामा खस्यो ८०२ मत

0 Shares

काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बिहान ९ बजेर १२ मिनेटमा मतदान सुरू भएयता साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसेको जानकारी दिए ।

उनका अनुसार ८ घण्टाको अवधिमा सोचेभन्दा सुस्त गतिमा मतदान भएको हो । पोखरेलले छिटोमा ९ मिनेटदेखि ढिलोमा २ घण्टा १२ मिनेटसम्म एकजना मतदातालाई मतदान गर्न समय लागेको पनि जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार