काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढाउँदै लगेका छन् । २७ हजार ६१५ मतगणना गर्दा सुहाङ तीन हजार ७५४ मतान्तरले अगाडि छन् । नेम्बाङले ११ हजार ७८ मत पाएका छन् ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ३२४ मत मात्र प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले छ हजार ९०१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू एक हजार ५१२ मत मात्रै पाएका छन् ।
माङ्सेबुङ गाउँपालिका–५ को अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले बढीमा ६९ मत पाएका छन् ।
सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मत पाए । रास्वपाका लिम्बूले तीन मत मात्रै पाए । अहिले माई नगरपालिका-६ र ७ मा मतगणना भइरहेको छ ।