0
Shares
काठमाडौं । मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्याक्ष राजकुमार तामाङ भन्ने देवराज लामा निलम्बित भएका छन् । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेसँगै उनलाई पार्टीले निलम्बन गरेको हो ।
अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्न अनुसन्धानको टुंगो नलाग्दासम्म पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको थियो । उनीविरुद्ध २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा मुद्दा दायर छ ।