एमाले फुटाएर हिँडेका किसान र रामकुमारीसँग ओलीको सौहार्दायपूर्ण भेट

0 Shares

काठमाडौं । नेकपा एमालेमा विद्रोह गरी माधव नेपालसहित नेताहरूसँग पार्टी फुटाउन महत्वपूर्ण भूमिका खेलेका नेता किसान श्रेष्ठ र नेतृ रामकुमारी झाँक्री अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीसँग देखिएकी छन् ।

काटमाडौंमा जारी एमालेको ११औँ महाधिवेशनमा दुवै नेताहरू अध्यक्षका बलियो दाबेदार ओलीसँग सौहार्दाय साथ देखिएका हुन् ।

एमाले फुटाएर गएका नेपालसहित झलनाथ खनाललगायत नेताहरूले तत्कालीन नेकपा माओवादी केन्द्र पार्टी एकीकरण गरेपछि ‘घर फर्क’ नारासहित किसान श्रेष्ठ र झाँक्री एमाले प्रवेश गरेका थिए । उनीहरूले पार्टीको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार