ओली पोखरेल दुवै पक्षलाई मतदान स्थलमा चिट र मोबाइल प्रतिबन्ध

0 Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको मतदान विहान १० बजेदेखि सुरु भएको छ । पछिल्लो दुई घण्टामा ३५० जनाले मतदान गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । मतदानमा अध्यक्षका प्रत्यासी केपी ओली र ईश्वर पोखरेल प्यानलले आ आफ्नो प्यानलको नाम हेर्न चिट र मोबाइल प्रयोग गर्न थालेपछि प्रतिबन्ध लगाएको छ । दुबै पक्षले आ–आफ्नो प्यानलमा भोट गर्न सक्ने भएकाले कुनै बस्तु मतदान स्थलमा लग्न नपाउने व्यवस्था गरिएको हो ।

गौतमले भने, ‘यो मतदान सकिएपछि दुई घण्टामा नतिजा आउँछ । यही रफ्तारमा मतदान भए १० बजे अगाडि नै नतिजा आउँछ । महत्त्वपूर्ण प्रस्तावहरूलाई पनि पारित गरेर महाधिवेशनलाई आजै औपचारिक रूपमा समापन गर्ने दिशातिर गइरहेको छौँ ।’

मतदानस्थलको लागि आजसम्मको समय नभएको र आजको लागि पनि विशेष अनुरोध गरेर मिलाएकाले आजै सक्नुपर्ने बाध्यता रहेको बताए ।उनले थपे, ‘मैले अहिले नै नतिजा भन्न मिलेन तर मतदान एकदम सकारात्मक भएर अगाडि गएको छ । चीट र मोबाइल लानको लागि निर्वाचन आयोगले बन्देज लगाएको छ ।’

निर्वाचन सहजकर्ता अधिवक्ता प्रवल शर्माका अनुसार सुरूसुरूको तुलनामा मतदान गर्ने रफ्तार बढेको छ । ३०१ सदस्यीय नेतृत्व चयनका लागि २२ सय ६३ मतदाता सहभागी छन् । केही सदस्य भने निर्विरोध भइसकेका छन् ।

सम्बन्धित समाचार