काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १८ गते शुक्रबार सभा गर्ने निर्णय गरेको हो।
सभाले हाल कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश सम्बन्धी जानकारी
शीर्षक विवरण
प्रस्तावित लाभांश २० प्रतिशत नगद (करसमेत)
साधारणसभा मिति पुस १८ गते, बिहान ९:३० बजे
स्थान आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौं
बुक क्लोज मिति पुस ८ गते (एक दिनका लागि)
लाभांश प्राप्त गर्ने कट-अफ मिति:
साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनका लागि पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै योग्य हुनेछन् ।
सभाका अन्य एजेन्डाहरू
साधारणसभामा निम्न प्रस्तावहरू पेश हुनेछन्:
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू (वासलात, नाफा नोक्सान, नगद प्रवाह) छलफल गरी पारित गर्ने।
चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधा सम्बन्धमा अनुमोदन गर्ने।
कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्च अनुमोदन गर्ने।