आफ्नै छोरीले गरे बुवाको हत्या, अनुसन्धान गर्दै प्रहरी

0 Shares

काठमाडौं । दैलेखमा आफ्नै बुवाको हत्या आरोपमा २७ वर्षीया छारी पक्राउ परेकी छन् । नौमुले गाउँपालिका ५ गजमालीका ६५ वर्षीय धनबहादुर रामजाली मगरको हत्या अभियोगमा उनकै छोरी तिर्सना रामजाली मगरलाई प्रहरीले पक्राउ गरेको हो।

तिर्सनाले काठको चिरपट हानेर धनबहादुरलाई गम्भीर घाइते बनाएका थिए । उनको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरीले छोरी तिर्सनालाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

सम्बन्धित समाचार