हुण्डीमार्फत् ५७ लाख कारोबार गर्ने श्रेष्ठ पक्राउ

0 Shares

काठमाडौं । नेपाल प्रहरीले हुण्डीमार्फत् ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौं महानगर १४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् बढी ५७ लाख रकम कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार