0
Shares
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
दसैँपछि सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको आरोपमा सुटरसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो । जसमा हत्याका मुख्य योजनाकार पनि रहेका छन् ।
पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह, मोहम्मद इब्राइम मिया, अंकित शाह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेका छन् । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ परेकामध्ये राजेशले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएका थिए । उनले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए ।