प्रलोपाको प्रवक्तामा सन्तोष परियार

0 Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्ताको जिम्मेवारी सन्तोष परियारले पाएका छन् ।
आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रलोपाले ओजस्वी भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ । परियार र भट्टराई दुवै अध्यक्ष परिषद्का अध्यक्ष हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको यो पार्टीमा ५ जना अध्यक्ष छन् ।

सम्बन्धित समाचार