0
Shares
काठमाडौं । आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँ रहेकोमा आज २ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको छ ।
तोलाको ३० रूपैयाँले घटेर चाँदीको मूल्य ३ हजार ६२५ रुपैयाँ कायम भएको छ ।