प्रभु बैंक प्रकरणमा राजेन्द्र शाक्य पनि पक्राउ

0 Shares

काठमाडौँ । प्रभु बैंक प्रकरणमा व्यवसायी राजेन्द्र शाक्य पनि पक्राउ परेका छन् । शाक्य गुण एयरलाइन्सका सञ्चालक हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार सञ्चालक श्रेष्ठलाई बुधबार प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ ।

यसअघि सीआईबीले प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, डिसीईओ मणिराम पोखरेलसहित तीन जनालाई पक्राउ गरिसकेको थियो।

उनीहरूमाथि सीआईबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार