0
Shares
काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १७ हजार १ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ५ सय ४५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३९ रुपैयाँ तोकिएको छ ।