0
Shares
काठमाडौं । इलाममा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार साँझ मेची राजमार्गमा पर्ने इलाम नगरपालिका-९ भञ्ज्याङ गोलाइमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारी अनुसार दुर्घटना स्कुटरमा सवार इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते उनीहरुको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा संलग्न ट्रक चालक इलाम नगरपालिका(५ बिब्ल्याँटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।