0
Shares
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा प्रहरी कार्यालयबाट लुटेका हतियार देखाएर लुटपाट गरेको पाइएको छ।
पीडितले दिएको जोहरीपछि पक्राउ परेका मानिसहरू प्रहरीबाट लुटिएका हतियार देखाएर लुटपाटमा संलग्न रहेको पाइएको हो।
विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौँका विभिन्न स्थानबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बागमती गाउँपालिका ७ स्थायी घर भई हाल बागबजार बस्ने वर्ष २५ को निकेश बि।क र सोहो उमेरका सुरज विक रहेका छन्।