सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६ सय पुग्यो

0 Shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको हो ।

जसअनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार