नेपाल लाइफले बिक्रीमा ल्यायो २ लाख कित्ता संस्थापक सेयर

0 Shares

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौँको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार