बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ५ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो आइतबार २ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको एक तोला सुनको भाउ आज २ लाख ४३ हजार ३ सय पुगेको छ ।

यस दिन चाँदीको भाउ तोलाको २० रूपैयाँले बढेर ३ हजार १५५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार