काठमाडौँ उपत्यकाको करिडोरमा जोखिम अवधिभर सवारीसाधन पार्किङ गर्न निषेध

0 Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि उपत्यकामा पूर्व सचेतना अपनाउन थालिएको छ । विभागले बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सतर्क रहन भनेको छ ।

वर्षासँगै उपत्यकाको नदी करिडोरमा बहाव बढ्न सक्ने आकलन गरेर ट्राफिक प्रहरीले करिडोर क्षेत्रमा पार्किङ गर्न रोक लगाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका जोखिम युक्त करिडोर क्षेत्रमा पार्किङ निषेध गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

उनका अनुसार बागमती नदी, विष्णुमती, धोविखोला र हनुमन्ते खोला करिडोरमा जोखिम अवधिभर कुनै पनि सवारी साधन रोक्न र पार्किङ गर्न पाइने छैन । करिडोरमा सञ्चालित वर्कसपमा पनि सवारी नराख्न माइकिङ गरेर जानकारी गराइएको एसपी सुवेदीले बताए ।

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ ।

सम्बन्धित समाचार