बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी बढाएको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ३ रुपैयाँ बढाएको हो ।

योसँगै, दोस्रो वर्गमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । पहिलो वर्गमा १५८ रुपैयाँ हुँदा तेस्रो वर्गमा १६१ रुपैयाँ कायम भएको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६.५३ रुपैयाँ बढेर आए पनि ३ रुपैयाँ मात्रै बढेको छ । योसँगै यी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४४ रुपैयाँ, १४६ र १४७ रुपैयाँ कायम भएको छ। यो क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गका लागि कायम गरिएको हो ।

सम्बन्धित समाचार