आज सुनको मूल्य घट्यो, चाँदी बढ्यो

0 Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ ।

सम्बन्धित समाचार