आज एकैदिन ५ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । आज मंगलबार सुनको भाउ ह्वात्तै वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ४ हजार ९ सय रूपैयाँले वृद्धि भएको हो ।

हिजो सोमबार तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलाको १०५ रूपैयाँले वृद्धि भएर ३ हजार १७० रुपैयाँ पुगेको छ । हिजो तोलाको ३ हजार ६५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार