शिवम सिमेन्टले बुझायो डेडिकेटेड लाइनको पहिलो किस्ता

0 Shares

काठमाडौँ । शिवम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताको पहिलो किस्ता बझाएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई पहिलो किस्तावापत २ करोड ३८ लाख ८८ हजार रुपैयाँ बुझाएको छ ।

पहिलो किस्तालाई धरौटीका रुपमा स्विकार गर्ने उद्योग बाणिज्य महासंघले प्रधानमन्त्री शुसीला कार्कीलाई मध्यमार्गी प्रस्ताव गरे पछि सरकार सकारात्मक भएको थियो ।

सो सँगै कम्पनीहरुले बक्यौता बुझाउँन थालेका छन् । बक्यौता नतिरेको भन्दै प्राधिकरणले कात्तिक ४ गते ६ वटा र ८ गते १९ वटा उद्योगको लाइन काटेको थियो ।

सम्बन्धित समाचार