0
Shares
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज दिँदा सरकारलाई नोक्सान पुर्याएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन थालेको छ। नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरि अनुसन्धान थालेको सिआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले बताए ।
कार्कीले लिज सम्झौता भन्दा एक कित्ता धेरै जग्गा दिएको सिआइबीले जनाएको छ। उक्त जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ कम्पनीले लिजमा लिएर सञ्चालन गर्दै आएको छ।
जग्गा भाडामा मिलाउने आङछिरिङ शेर्पाको हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ । यति समूहलाई अहिले उनका दाजु ल्याक्पा सोनाम शेर्पाले हाँकिरहेका छन् ।