0
Shares
काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ चयन भएकी छिन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खापुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस अघिका अध्यक्ष गौरव बुढाथोकीले आइतबार सञ्चालक र अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । आजै बसेको उक्त बैठकले उनको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा खापुङलाई चयन गरेको हो ।