हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त

0 Shares

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल कुमार दाहाल नियुक्त भएका छन्।

कर्मचारी र अभिकर्ताहरूको आन्दोलनका कारण यसअघिका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएका थिए। उनको राजीनामापछि नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका दाहाललाई कामु सीईओमा नियुक्त गरिएको हो।

कम्पनी सचिव ईश्वर कुमार सेडाईले दिएको जानकारीअनुसार कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्को सीईओ नियुक्ति नभएसम्मका लागि दाहाललाई कायम मुकायम सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने जिम्मेवारी दिएको छ ।

सम्बन्धित समाचार