विश्वकप छनोट- नेपालले कतारविरुद्ध सुरू गर्यो ब्याटिङ

0 Shares

काठमाडौं । ओमानमा जारी आइसिसी पुरुष टी-२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै भएको टसमा कतारका कप्तान मिर्जा मोहम्मद बैगले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले समूह ‘बी’को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।

त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

आज कतारलाई पराजित गरे नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, मोहम्मद आदिल अलाम र सन्दीप लामिछाने रहेका छन् ।

सम्बन्धित समाचार