काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
अल अमरेत क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपाल युएईसँग ६ विकेट पराजित हुँदा हङकङ ओमानसँग पाँच विकेटले पराजित भएको थियो ।
हारसँगै सेमिफाइनलबाट बाहिरिएका यी दुई टोलीले तेस्रो स्थानका लागि खेल्न लागेको हो । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।
अब तेस्रो स्थानका लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर पाउने छ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोली हुने छन् ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन् ।
यसैगरी चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका छन् । उनले १८ बल खेल्दै जम्मा २१ रन बनाए । यस क्रममा उनले दुई चौका प्रहार गरे ।