कांग्रेसको वरिष्ठ नेता एवम् पूर्वमन्त्री गोपलमान श्रेष्ठको निधन

0 Shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उपचारका क्रममा उनको निधन भएको जानकारी दिएका हुन्। पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित थिए। उनको स्वास्थ्य गम्भीर बनेको थियो। पूर्व शिक्षा मन्त्री समेत रहनुभएको थियो ।

यसैबीच, पार्टी सभापति गगन थापाले एक साताअघि अर्थात गत ७ गते उनलाई पार्टीको वरिष्ठ नेता बनाइएको जानकारी दिएका थिए। गत बिहीबार काठमाडौं आयोजित एक कार्यक्रममार्फत उनले श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको बताएका हुन्।

कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुग्दा उनी विशेष महाविधेशनको पक्षमा खुलेर लागेका थिए।

सम्बन्धित समाचार