कामना सेवा विकास बैंक र मेची आँखा अस्पताललाई सहयोग हस्तान्तरण

0 Shares

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापा, बिर्तामोडस्थित मेची आँखा अस्पताललाई दुई थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण सम्पन्न गरेको छ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेका हुन्। बैंकको यस सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने जनाएको छ।

तर, विशेषगरी आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताए। साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद दिए।

सम्बन्धित समाचार