आज यी प्रदेशमा वर्षाको सम्भावना, रातिको मौसम कस्तो?

0 Shares

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भागमा साधारणतया मौसम बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

कोशी, मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भागका तथा तराईका भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी र बागमतीको पहाडी भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

सम्बन्धित समाचार