वर्मा र कुशाग्रको शतकमा भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

0 Shares

काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा भारत ‘ए’सँग प्रतिस्पर्धा गरिरहेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा भारतले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रन जोड्यो ।

कुमार कुशाग्र र कप्तान तीलक वर्माले शतकीय पारी खेले । कुशाग्रले ११७ तथा वर्माले १०७ रन जोडे । वैभव सूर्यवंशीले २६ रन बनाए भने सूर्यान्श शेड्गेले अविजित ३६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललीत राजवंशीले तीन–तीन तथा नन्दन यादवले दुई विकेट लिए । पवन सर्राफले एक सफलता हात पारे ।

सम्बन्धित समाचार